Rule 12
समितिको विघटन
(१) देहायको अवस्थामा संरक्षण अधिकृतले कुनै समितिलाई विघटन गर्न सक्नेछ:-
  • व्यवस्थापन कार्य योजना विपरित हुने गरी कुनै काम गरेमा,
  • नियम ९ बमोजिम पालना गर्नु पर्ने काम, कर्तव्य र अधिकारको पालना नगरेमा वा गर्न नसकेमा,
  • ऐन वा यस नियमावली विपरीत कुनै काम कारबाही गरेमा,
  • समितिले कुनै कारणले आफूलाई सुम्पिएको दायित्व पूरा गर्न सकेको छैन वा स्थानीय उपभोक्ताहरूको हित विपरित कुनै काम गरेको छ वा उपभोक्ताहरूको हित संरक्षण गर्न सकेको छैन भन्ने कुरामा संरक्षण अधिकृत विश्वस्त भएमा ।
(२) उपनियम (१) बमोजिम कुनै समिति विघटन गर्नुपर्ने भएमा संरक्षण अधिकृतले उक्त समितिलाई सुधारको निमित्त उचित म्याद दिई लिखित रुपमा सचेत गराउन वा निर्देशन दिन सक्नेछ । यसरी संरक्षण अधिकृतले सचेत गराएको वा निर्देशन दिएका कुराहरुको पालना गर्नु त्यस्तो समितिको कर्तव्य हुनेछ । यसरी दिएको निर्देशनको पालना नगरिएमा संरक्षण अधिकृतले त्यस्तो समितिलाई निलम्वन गर्न वा विघटन गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम  कुनै समिति विघटन भएमा संरक्षण अधिकृतले पुन: अर्को समिति गठन गर्नु पर्नेछ ।